दुलेगौंडा । शुक्लागण्डकी महोत्सव–२०७९ को अवसरमा आयोजित लोक गायन प्रतियोगितामा मन्दिरा थापा मगर प्रथम भएकी छिन् । प्रतियोगितामा सहभागी १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै मन्दिरा प्रथम भएकी हुन् ।
यसै गरि प्रतियोगितामा सन्तराज विक द्धितीय र पदम नेपाली तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम हुने मन्दिराले नगद ३० हजार साथमा प्रमाण पत्र प्राप्त गरेकी छिन् । यसै गरि द्धितीय हुने सन्तराजले नगद २० हजार र तृतीय हुने पदमले नगद १० हजार साथमा प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रतियोगिता अवधिभर निर्णायककाे रूपमा शंकर पन्त रहेका थिए ।