दुलेगौंडा । शुक्लागण्डकी महोत्सव–२०७९ को अवसरमा आयोजित खुला नृत्य प्रतियोगितामा सुदिप राना मगर प्रथम भएका छन् । प्रतियोगितामा सहभागी १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै सुदिप प्रथम भएका हुन्।
यसै गरि प्रतियोगितामा ईसिका नेपाली द्धितीय र कृति गुरूङ तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम हुने सुदिपले नगद ३५ हजार साथमा प्रमाण पत्र प्राप्त गरेकाे छ । यसै गरि द्धितीय हुने ईसिकाले नगद २० हजार र तृतीय हुने कृतिले नगद १० हजार साथमा प्रमाण पत्र प्राप्त गरेकाे छ ।
प्रतियोगिता अवधिभर निर्णायककाे रूपमा दिवस परियार र दिपसागर रहेका थिए ।