दुलेगौंडा । नेपाल कम्युनिष्ट पार्टी विप्लब, जिल्ला कार्यसमिति तनहुँले २४ बुदे माग सहित जिल्ला भित्रका सम्पूर्ण स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । बिहीबार विप्लबका जिल्ल सेक्रेटि बिलस परियार, शुक्लागण्डकीका ईन्चार्ज गणेश लम्गादे सहितको टोलिले शुक्लागण्डकी नगरपालिकालाई ज्ञापन पत्र बुझाएको थियो ।
स्थानीय सरकारले जनतालाई विकासको अनुभुति गराउने गरेर काम गर्न नसकेको पत्रमा उल्लेख छ । स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिले सरकारी सेवा सुविधाको दुरुपयोग गरेको, अनावश्यक करार दरबन्दी निर्माण, ठेक्का पट्टामा मिलिमतो, लघुवृत्तको चर्काे व्याजदर नयूनिकरण, सामग्री खरिदमा कमिसन लगायतका विषय उठान गरि सुधार गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।