दुलेगौंडा । भानुभक्त बहुमुखी क्याम्पसमा लगाईएको ताला खोलिएको छ । विहान संयुक्त विद्यार्थी आन्दोलनकर्ताले स्ववियू निर्वाचन गराउन क्याम्पसले चासो नदिएको भन्दै क्याम्पसको मुल गेटमा ताला लगाएको थियो ।
क्याम्पसले स्ववियू निर्वाचन गराउन पहल नगरेसम्म आन्दोलन जारी राख्ने संयुक्त विद्यार्थी आन्दोलनकर्ताले घोषण गरेको थियो । जस पश्चिात क्याम्पस सञ्चालक समिताका सदस्य दुर्गा कुमार श्रेष्ठको रोहोबरमा आवश्यक छलफल र सहमति गरि ताला खोलिएको हो । फागुन २७ गते विद्यार्थी संगठन, क्याम्पस प्रशासन, सञ्चालक समितिको संयुक्त बैठक बसि ठोस निर्णय लिएर अगाडी बढ्ने समिति सदस्य श्रेष्ठको भनाई छ ।