दुलेगौंडा । ग्रामीण स्वास्थ्य र शिक्षा गुठी (रेष्ट) तनहुँ, अल्मुनाले आयाेजना गरेको वक्तृत्वकला प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालयका समिक्षा खाती प्रथम भएकी छन् । `महिला सशक्तीकरण आजको आवश्यकता´ भन्ने शिर्षकमा आयाेजित वक्तृत्वकला प्रतियोगितामा ८ जना प्रतियोगिलाई पछि पार्दै खातीले जित हासिल गरेकी हन् ।
प्रतियोगितामा खैरेनी माध्यमिक विद्यालयका इसिका कुमाल द्धितीय, सरस्वती माध्यमिक विद्यालयका रिमा गुरूङ तृतीय र पञ्चमुनीदेव माध्यमिक विद्यालयका पुनम सेन ठकुरी सान्त्वना भएका छन् । प्रतियोगिता विजेता सहभागीलाई मेडल, प्रमाण पत्र र उपहार प्रदान गरिएको थियाे ।
गुठीका सभापति पुनम राना मगरको सभापतित्वमा सम्पन्न कार्यक्रम शुक्लागण्डकी-७ का वडाध्यक्ष खड्क सिं थापा, ईलाका प्रहरी कार्यालय बेलचाैताराका प्रहरी प्रमुख याम नारायण अर्याल लगायतको उपस्थिति रहेको थियाे । कार्यक्रम सञ्चालककाे रूपमा गुठीका सदस्य संगिता विकले गरेकी थिईन् ।