दुलेगौडा । ११३औँ अन्तराष्ट्रिय दिवसको अवसरमा यही मिति २०७९ फाल्गुन २४ गते ऋषिङ्ग गाउँपालिकाले खुल्ला महिला लोकगित प्रतियोगिता तथा डोरी तान्ने प्रतियोगिता राख्ने भएको छ । लोकगित प्रतियोगितामा प्रत्येक वडाबाट १ टिमले “आजको आवश्यकता सम्मुनत राष्ट्र निर्माणमा महिलाको सहभागीता” शीर्षकमा लोकगीत सृजना गरी गाउनेछन् भने महिला कर्मचारी र जनप्रतिनिधि बिच डोरी तान्ने प्रतियोगिता हुनेछ ।
उक्त दिन सर्वप्रथम महिला कर्मचारी र जनप्रतिनिधि बिच डोरी तान्ने प्रतियोगिता १० बजे सुरु भई समापन पश्चात् हरेक वडाबाट १ टिमले आफ्नो लोकगित प्रस्तुत गर्नेछन् ।
यस कार्यक्रममा पुरस्कार प्रथम, द्वितिय, तृतिय हुने र सान्तवनाको लागी क्रमश रूपमा रु. २०,००० (अक्षेरुपी बिस हजार), रु. १५,००० (अक्षेरुपी रु. पन्ध्र हजार), रु. १२,००० (अक्षेरुपी रु. बाह्र हजार) र रु. ८,००० (अक्षेरुपी रु. आठ हजार) प्रदान गरिनेछ । सहभागी सम्पुर्ण टिमलाई प्रमाण पत्रको व्यवस्था समेत रहेको छ भने उल्लेखीत पुरस्कार कर सहित रहेको छ ।