दमौली। `नेपालको इतिहासमा जनयुद्ध´ विषयमा तनहुँ जिल्ला भित्रकाे क्याम्पसस्तरीय वक्तृत्वकला प्रतियोगितामा हरि खरेल प्रथम भएका छन् ।
भानुभक्त बहुमुखी क्याम्पस बेलचौतराको प्रतिनिधित्व गर्दै कार्यक्रममा भाग लिएका शुक्ला न्युजका कार्यकारी सम्पादक समेत रहेका खरेल प्रथम हुन सफल छन् । जनयुद्ध अध्ययन प्रतिष्ठानले शनिवार आयोजना गरेको “ नेपाली ईतिहासमा जनयुद्ध“ बिषयक वक्तृत्वकलामा प्रथम भई उनले नगद ७ हजार समेत प्राप्त गरेका छन् ।
कुल ११ जना सहभागी रहेको प्रतियोगितामा दमौली कलेजका अर्पिता श्रीवास्तवले दोस्रो र सहिद कृष्ण क्याम्पस ढोरफिर्दीका सुस्मा माकिमले तेस्रो स्थान हासिल गरेका छन् ।
नेपाली जनयुद्धबारे युवा पुस्ताकाे धारणा बुझ्न प्रतियोगिता आयाेजना गरिएकाे प्रतिष्ठानका अध्यक्ष आशा काेईरालाले बताईन् । कार्यक्रमका प्रमुख अतिथि सहिद श्रीकृष्ण थापाका बुवा राम बहादुर थापाले जनयुद्धका उपलब्धिहरूकाे रक्षा गर्दै समाजवाद स्थापनामा अघि बढ्नुपर्ने कार्यभार युवापुस्ताकाे भएकाे धारणा राखेका थिए ।