दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाको वडा नं २ मा रहेको दगाम सामुदायिक होम स्टेमा निर्माण सम्पन्न सामुदायिक भवनको शुक्रबार उद्घाटन गरिएको छ ।
तनहुँको प्रसिद्ध पर्यटकीय गाउँ दगामको सामुदायिक होम स्टे भवनको पुर्व मन्त्री तथा गण्डकी प्रदेश सभाका निर्वतमान सदस्य आशा कोईरालाले उद्घाटन गर्नुभएको छ । उद्घाटन पछि बोल्दै प्कोरमुख अतिथि कोईरालाले स्थानीय खाना र संस्कृतिको संरक्षण र सम्बर्द्धन गरेर आन्तरिक एवं बाह्य पर्यटकलाई दगाम होम स्टेमा आकर्षित गर्न सकेको खण्डमा यसमा आर्थिक बिकासमा समेत टेवा पुर्याउने बताउनुभयो ।
सोहि कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य राख्दै शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुम बहादुर विकले मौलिक संस्कृतिको जर्गेना गर्नु पर्ने भन्दै थप बिकासका लागी नगरपालिकाले सहयोग गर्न सदैब तयार रहेको कुरा व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष सुमन रानाले होम स्टे संचालन संगसंगै कोदो, मकै जस्ता स्थानीय कृषि उपजको उत्पादन बढाउने तर्फ लाग्नुपर्ने बताउनुभयो ।
उक्श्रीत कार्यक्रममा श्रीराम मोटर मार्गका अध्यक्ष सुर्य बहादुर थापाले सुभकामना मन्तब्य राख्दै भुजीकोट, स्थानथोक लगायतका गाउँमा पर्यटकको आगमन बढाउन सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए । कार्यक्रममा त्रिलोचन लम्साल, शंकर पन्त, तिर्थ खनाल लगायतका वक्ताहरुले दगाम भुजीकोटको बिकासका लागी योजनाबद्ध ढङ्गले अगाडी बढ्नु पर्ने बताए ।
गण्डकी प्रदेश सरकार, शुक्लागण्डकी नगरपालिका, स्थानीयको जनश्रमदान र चन्दा सहयोग गरी करिब ५० लाखको लागतमा भवन सम्पन्न गरिएको दगाम होम स्टेका अध्यक्ष तिला थापाले बताउनुभयो । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने सहयोगदाता हरुलाई सम्मान गरिएको थियो ।