दुलेगौंडा । फागुन १८ गतेदेखि २९ गतेसम्म तनहुँकाे शुक्लागण्डकी-६ खैरेनीटारमा सुरू हुने लागेको शुक्लागण्डकी महाेत्सवकाे तयारीकाे काम तीब्र गतिमा भईरहेकाे छ ।
हाल स्टल निर्माण, स्टेज निर्माण, खेलकुद सामाग्री निर्माण लगायत आन्तरिक र बहिय कार्यहरू भईरहेकाे महाेत्सवका प्रवक्ता सुजित हिराचनले बताए ।
महाेत्सव अवधिमा पालिका स्तरीय भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, खुला नृत्य प्रतियोगिता, लाेक गायन प्रतियोगिता, रत्याैली प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारकाे सांगीतिक प्रस्तुति रहने आयाेजकले जनाएको छ ।
`आर्थिक, सामाजिक, खेलकुदकाे विकास, कृषि तथा पर्यटनकाे प्रवर्द्धन, शुक्लागण्डकी महाेत्सव, कला सीप र संस्कृतिको संरक्षण´ भन्ने मुल नाराकाे साथमा महाेत्सव सञ्चालन हुन लागेको हाे ।