तनहुँ । आज देशभरका मगर समुदायले आफ्नो स्थापना दिवस मनाउँदैछन् । दिवसका अवसरमा सबै जिल्ला र पालिकासहित विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घले जनाएको छ ।
मगर समुदायको भाषा संस्कार र संस्कृति संरक्षण गरि आर्थिक, सामाजिक, शैक्षिक, खेलकुद र राजनीतिक क्षेत्रमा अग्रसर गराउन नेपाल मगर संघ शुक्लागण्डकी वृहत खेलकुद तथा संस्कृतिक कार्यक्रम गरेको संघका अध्यक्ष अमरराज थापाले बताए ।
मगर दिवसको अवसरमा तनहुँका ५ वटा स्थानीय तहले सार्वजनिक विदा दिएको छ । जिल्लमाको म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिका, घिरिङ गाउँपालिका, बन्दिपुर गाउँपालिका र भिमाद नगरपालिकाले सार्वजनिक विदा दिएको हो । तनहुँका यि स्थानीय तह मगर समुदायको बाहुल्यता रहेका क्षेत्र हुन् ।