दुलेगौाडा । तनहुँको शुक्लागण्डकीमा आईतबार परेको भारी असिना पानीले ठुलो क्षति पु¥याएको छ । दशैँपछि यस क्षेत्रमा पहिलो पटक ठुलो बर्षा भएको हो । शुक्लागण्डकी वडा नं ८, ९ र १० मा हावाहुरीसंगै परेको बाक्लो असिनाले बालीनालीमा क्षति पु¥याएको छ ।
दुलेगौँडाका हरि खड्काले वडा नं १० स्थित मिनामखानीमा संचालन गरेको युनिक मल्टि एग्रो फार्ममा पालिएको १५ सय कुखुरा असिनाले लागेर मरेका छन् ।
वडा नं १० मा मात्र तरकालीबाली र टनेलोमा पुगेको क्षति गरी १५ लाख भन्दा बढिको क्षति भएको वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले जानकारी दिए ।
ढोरफिर्दीको बाटोभरि असिना जमेको हुदाँ सडक नै सेताम्मे भएको छ भने सवारी साधनमा आवतजावत गर्दा चिप्लने जोखिम समेत रहेको स्थानीयले बताएका छन् । त्यस्तै, शुक्लागण्डकी वडा नं(८ मा रहेको डहरे खोलामा बर्षापछि बाढी आउँदा स्कुलबाट घर फर्किएका विद्यार्थीहरुलाई खोला तर्क मुस्किल परेको थियो ।