काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको बताएका छन्। आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूलाई राजीनामा दिन दबाब आएको कुरा बताएका छन् ।
‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन,’ भन्दै उनले ३.०० बजेको समयमा फेसबुकमा स्टाटस हालेका छन् । तर कस्ले कहाँ कसरी दबाब दियो भन्ने कुरा उनले सामाजिक संजालमा खुलाएका छैनन् ।
उनलाई कसले दबाब दिएको वा कुन सन्दर्भमा लेखेको खुलाएका छैनन्।