काठमाडौं । नेपाली कांग्रेसको सनिबार बिहान बसेको पदाधिकारी बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रिय राजनीतिमा आएको फेरबदल संगै कांग्रेस-माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ । नयाँ निर्माण भएको ८ दलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो ।
राष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १०.०० बजे मनोनयन दर्ताको कार्यसूची छ । राष्मट्तरपतिको लागी मतदान भने यही फागुन २५ गते हुनेछ ।