खैरेनीटार । पछिल्लो समयमा नेपालमा बिवाह ब्रतबन्ध अन्नप्रासन तथा बिशेष अवसर पारेर बिमा पोलिसी प्रदान गर्ने प्रचलन बढ्दै गएको पाइन्छ । जसले आर्थिक सुरक्षा प्रदान गर्नुका साथै भबिस्यको लागि बचत समेत प्राप्त हुनेछ। यसैक्रममा म्याग्दे गाउँपालिका थर्पु निवासी बिष्णु कुमार श्रेष्ठ र अप्सरा श्रेष्ठ दम्पतिले छोरी अविसा श्रेष्ठको अन्न्नप्रासनको अवसरमा १० लाखको बिमा पोलिसी उपहार स्वरूप प्रदान गरेका छ्न ।
श्रेष्ठ दम्पतिले आफ्नो सन्तानको लागि सुर्यज्योती लाइफ इन्स्योरेन्स खैरेनीटार शाखा तनहुँ बाट सुनौलो भबिस्य बाल जीवन बिमालेख पोलिसी उपहार दिएका हुन । उक्त अवसरमा सुर्यज्योती लाइफ इन्स्योरेन्स खैरेनीटार शाखा प्रमुख कृष्ण लम्साल,अप्रेशन इन्चार्ज सुशिला नेपाली बि क, एजेन्सी म्यानेजर टिका थापाको उपस्थिति रहेको थियो । यस बिमा योजनामा घातक रोग सुबिधा, पुर्ण अशक्त सुबिधा, दुर्घटना मृत्यु लाभ सुबिधा, बिमाशुल्क छुट सुबिधाका साथै विशेष अवस्थामा मासिक शैक्षिक सुबिधा समेत प्राप्त हुने शाखा प्रमुख लम्सालले जानकारी दिएका हुन|