दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–८ मा रहेको एकता युवा क्लबले आफ्नो टोल क्षेत्रमा सडक बत्ति जडान गरेको छ । रातको समयमा टोलमा हुन सक्ने चोरी, अनैतिक भिडभाड र विकृतिजन्य कार्य रोक्ने उद्देश्यले सडक बत्ति जडान गरिएको क्लबका सचिव मिलन सुवेदीले बताए ।
क्लबले टोल क्षेत्रभित्र १६ वटा सडक बत्ति जडान गरेको बताए । क्लबले खेलकुद प्रतियोगिता राख्दा प्राप्त फाईदा भएको रकमबाट समाजको हित हुने कार्यमा खर्च गरेको क्लबका सचिव सुवेदीको भनाई छ ।