तनहुँ । राष्ट्रपति छनोट गर्न संघिय संसद र प्रदेश सभाका ८८१ जना सांसदले मतदान गर्ने भएका छन् । निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरले राष्ट्रपति चुनावका लागि ८८१ जना सांसदको नामावली सार्वजनिक गरेको हो । जहाँ संघीय संसदका ३ सय ३१ सांसद र प्रदेश सभाका ५ सय ५० सदस्यले मतदान गर्ने भएका छन् ।
संघीय संसदका ३ सय ३४ सांसदमध्ये चितवन–२ रिक्त रहेको छ । त्यस्तै निलम्बित सांसद टेकबहादुर गुरुङले पनि मतदान गर्न नपाउने भएका छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरीको नाम पनि राष्ट्रपति चुनावको मतदाता नामावलीमा समावेश छैन । फरार सूचीमा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको नाम भने मतदाता नामावलीमा समावेश छ ।