दुलेगौंडा । कानुनका विद्यार्थीले विद्यालय तहमा अध्यनरत विद्यार्थीलाई कानुन सम्बन्धि बिषयमा अभिमुखीकरण गराएका छन् । साेमबार पञ्चिमाञ्चल माध्यमिक विद्यालयका कानुन संकायका विद्यार्थीले शुक्लागण्डकी नगरपालिका भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कानुन सम्बन्धि बिषयमा अभिमुखीकरण गराएका हुन् ।
कानुन सम्बन्धि वर्तमान व्यवस्थाकाे बारेमा जानकारी गराउने उद्देश्यले विद्यार्थीलाई अभिमुखीकरण गराएको विद्यालय प्रशासनले जनाएको छ ।
कार्यक्रममा प्रशंसा अधिकारीले कानुनको परिचय, स्नेहा भण्डारी र निशा भण्डारी मानव अधिकार सम्बन्धि व्यवस्था, आरति विश्वकर्माले लैङ्गकि हिंसा, समृद्ध अर्यालले लागू ओैषध नियन्त्रण ऐन,२०३३ मा रहेको व्यवस्था, सिम्रन डुम्रेले सरकारका अंग, प्रकृति चापागाईंले संविधानकाे परिचय र विशेषता, उधिता तिमिल्सिनाले न्यायिक समितिकाे काम कर्तव्य र अधिकार लगायतका विषयमा कानुनका विद्यार्थीले अभिमुखीकरण गराएका हुन् ।
विद्यालयका प्रधानाध्यापक सराेज काेइरालाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी-७ का वडाध्यक्ष खड्क सिं थापा, वडा नम्बर ४ का वडनध्यक्ष राजकुमार वाग्ले, ईलाका प्रहरी कार्यालय बेलचाैतराका प्रमुख याम नारायण अर्याल लगायतको उपस्थिति रहेको थियाे । कार्यक्रममा ६ विद्यालयका ९२ जना विद्यार्थीकाे सहभागीता रहेको थियाे ।