दुलेगौंडा । तनहुँको धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधम गाछेपानीमा महाशिवरात्री पर्वको दिन भएको भजन प्रतियोगिता माछापुच्छ्रे सेवा समाज, हेम्जा प्रथम भएको छ । हेम्जाले प्रतियोगितामा सहभागि ९ समुहलाई पछि पर्दै प्रथम स्थान हासिल गरेको हो । जहाँ हेम्जाले निर्णयक मण्डलबाट ९२.५ अंक प्राप्त गरेको थियो ।
यसै गरि प्रतियोगितामा पञ्चासे भजन समुह द्धितीय, भुलभुले बाराहि भजन समूह शुकलागण्डकी २÷३ तृतीय र मातृकेश्वर एकता समूह सान्त्वना भएको छ । उनिहरुले निर्णयकबाट क्रमशः ९०.५, ८६.५ र ८५.५ अंक प्राप्त गरेका थिए ।
प्रतियोगितामा प्रथम भएको माछापुच्छ्रे सेवा समाजले नगद ५१ हजार, द्धितीय भएको पञ्चासे भजन समुहले नगद ३६ हजार, तृतीय भएको भुलभुले भजन समुहले २१ हजार र सान्तव्ना भएको मातृकेश्वर एकता समूह नगद ५ हजार १ सय साथमा प्रमाण पत्र प्राप्त गरेको छ ।