दुलेगौंडा । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) तनहुँले चर्को व्याजदर, लघुवित्त र मिटर ब्याजका विरूद्ध दुलेगौंडामा प्रदर्शन गरेको छ ।
शुक्रबार पार्टीले दुलेगौंडा स्थित नगरपालिका गेटदेखि विपि चाेकसम्म विराेध र्याली प्रदर्शन गरेको थियाे । जहाँ आत्म हत्या अन्त्य गर, बैंककाे चर्काे व्याज बन्द गर, बढ्दाे महिंगी नियन्त्रण गर, दलालहरू हाेसियार, लघुवित्तकाे सम्पूर्ण ऋण खारेज गर लगायतका नारा लगाएका थिए ।
सरकारले मिटर व्याजिलाई संरक्षण गरेमा जनस्तरबाट चर्काे विराेध सुरू गर्ने विप्लवका तनहुँ जिल्ला सेक्रेटरी विलास परियार बताए ।
कार्यक्रममा विप्लवका केन्द्रीय प्रतिनिधि समित सदस्य राजु विक (एटम), विप्लवका तनहुँ जिल्ला सेक्रेटरी विलास परियार र विप्लवका नगर ईन्चार्ज गणेश लाम्घादे लगायतको उपस्थिति रहेको थियाे ।