दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-९ मा रहेको तालबेसी माध्यमिक विद्यालयले ६४ औं बार्षिकाेत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
बार्षिकाेत्सव समारोहलाई सम्बाेधन गर्दै गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले समय अनुसार व्यवहारीक सीप सिकाउन विद्यालयहरू अग्रसर रहनुपर्ने बताए ।
बार्षिकाेत्सवकाे अवसरमा विद्यार्थीले पिटी प्रदर्शन, संस्कृतिक नृत्य प्रदर्शन, शिक्षक नृत्य र पुरस्कार वितरण कार्यक्रम गरिएकाे थियाे ।
विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष विनाेद रावतकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु), नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज चापागाईं, वडाध्यक्ष बाबुराम पुलामी, कार्यपालिका सदस्य सुनिता सुनार, पूर्व वडाध्यक्ष लाेकनारायण श्रेष्ठ, प्रधानाध्यापक ध्रुव वाग्ले लगायतको उपस्थिति रहेको थियाे । बार्षिकाेत्सव तथा अभिभावक दिवस समारोहकाे कार्यक्रम सञ्चालन विद्यार्थीहरू मनिता सुनार र सदिक्षा पाठकले गरेका थिए ।