दुलेगौंडा । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षामा १०१ वटा विभिन्न सुचक माथि छलफल गरिएको छ । विद्यार्थीको शैक्षिक अवस्थामा अझ उपलब्धि हासिल गराउन विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि एवं बुद्धि जिवि सहितको अन्तक्रिया कार्यक्रममा शिक्षामा सुधार गर्र्न सके मात्र अन्य क्षेत्रको विकास हुने सहभागिहरुले बताए । जनकल्याण माध्यमिक विद्यालयमा आयोजित उक्त अन्तक्रिया कार्यक्रममा उपस्थित बक्ताहरुले शिक्षक र विद्यार्थीको मेहनतले मात्र सामुदायिक विद्यालयमा गुणस्तरको सुधार गर्न नसकिने बताएका हुन् ।
शुक्लागण्डकी नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्न जनकल्याण माध्यमिक विद्यालयबाट सुरु गरिने शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले बताउनु भयो । राज्यको निति अनुरुप आर्थिक, पारिवारीक एवं अन्य अवस्था कमजोर भएका बालबालिकाहरु अध्ययन गर्ने सामुदायिक विद्यालयको सुधारमा नलाग्ने हो भने अवको पुस्ता विश्व बजारमा नविक्ने भन्दै सुधारमा आजैबाट सम्बन्धित सवै लाग्न अनुरोध पनि गर्नुभयो । अभिभावकले आफ्नो बालबालिका विद्यालयमा भर्ना गर्दैमा जिम्मेवारी पूरा नहुने भन्दै विद्यालयमा गई उसको प्रगति विवरण लिदै शिक्षकसंग आवश्यक परामर्शमा लाग्नपर्ने बताउनु भयो । शुक्लागण्डकी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दिर्घ बहादुर थापाले शिक्षामा सुधार ल्याउन शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिको सामुहिक प्रयासबाट मात्र सम्भब भएको बताउँदै जनकल्याण माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा आफु लागिरहने बताउनु भयो । उक्त अन्तक्रिया कार्यक्रममा जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शुक्लागण्डकी नगरपालिका वडा नं. ५ का जनप्रतिनिधिहरु, एवं टोल विकास समतिका पदाधिकारी सहितको उपस्थिति रहेको थियो ।