खैरेनीटार । लायन्स क्लब अफ तनहुँ खैरेनीटार र लियो क्लब अफ खैरेनीटारले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन गरेको छ । अस्पतालमा हुने रगत अभावलाई कम गर्न क्लबले रक्तदान कार्यक्रम गरेको हो ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । क्लबको अध्यक्ष नारायण पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्सका डिष्ट्रिक चिफ ३२५ जे सन्तोष घिमिरे, रक्तसञ्चार केन्द्र पोखराका प्रमुख महेन्द्र केसी, लायन्स बालकृष्ण न्यूरो, अमृत बराल, शुशील केसी, समुन्द्रराम श्रेष्ठ, मिनबहादुर लामिछाने, सुजित हिराचन लगायतको उपस्थिती रहेको थियो ।