दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहेको लायन्स क्लब अफ तनहुँ खैरेनीटारले बृहत् रक्तदान कार्यक्रम गर्दै छ । अस्पतालमा हुने रगत अभावलाई कम गर्न क्लबले रक्तदान कार्यक्रम गर्न लागेको क्लबका अध्यक्ष नारायण पाेख्रेलले बताए ।
क्लबले क्षेत्रीय रक्तसञ्चार केन्द्र पाेखराकाे प्राविधिक सहयाेगमा रक्तदान कार्यक्रम गर्न लागेको हाे । रक्तदान कार्यक्रम माघ २८ गते खैरेनीटार स्थित सार्वजनिक चाैतारामा हुने भएको छ । रक्तदान कार्यमा सरिक हुन क्लबले आग्रह गरेको छ ।