दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-२ काेत्रेमा रहेको अन्नपूर्ण युवा क्लबले ७० पिन्ट रगत संकलन गरेको छ ।नेपाल रेडक्रस साेसनईटी रक्त सञ्चार पाेखराकाे प्राविधिक सहयोगमा क्लबले रक्तदान कार्यक्रम गरेको हाे । अस्पतालमा हुन सक्ने रगत अभावलाई कम गर्न रक्तदान कार्यक्रम गरेको क्लबका अध्यक्ष दिपक गुरूङले बताए ।
रक्तदान कार्यक्रम ७० जना सहभागी रहेका छन् । जसमा ५७ जना १३ जना महिला सहभागी रहेको क्लबका सचिव अनिल खनालले बताए ।
क्लबका अध्यक्ष गुरूङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी-२ का वडाध्यक्ष सुमन बहादुर राना मगर, वडा सदस्य भगवान पुन, नेपाल रेडक्रस साेसनईटी रक्त सञ्चार पाेखराका वरिष्ठ प्राविधिक महेन्द्र केसी, प्राविधिक मञ्जु नेपाली, अस्मिता पाैडेल र रामशरण लामा लगायतको उपस्थित रहेको थियाे ।