दुलेगौंडा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले बाच्छी र पाडी पाल्ने किसानलाई १० हजार रुपैयाँ दिइने भएको छ । बाच्छी र पाडी हुर्काउने कृषक घट्दै गएपछि संरक्षणका लागि यस कार्यक्रम अगाडी बढाईएको केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा.बालकुमार श्रेष्ठले बताए ।
केन्द्रले आर्थिक वर्ष २०७७/७८ देखि कार्यक्रम सुरु गरेको थियो । एक सय बाच्छा र पाडी संरक्षण गर्ने ८४ जना कृषकलाई पुरस्कारस्वरुप १० लाख रुपैयाँ प्रदान गरिए थियो । नमुना परियोजनाका रुपमा अघि सारिएको कार्यक्रम प्रभावकारी बन्दै गएपछि यस आर्थिक वर्षमा पनि निरन्तरता दिइएको केन्द्रले जनाएको छ।