दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ का कृषकलाई बेमौसमी तरकारी उत्पादक तालिम दिईएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिईभिटी, तनहुँ प्राविधिक शिक्षालय भिमादको आयोजना र शुक्लागण्डकी नगरपालिका–३ को समन्वयमा बेमौसमी तरकारी उत्पादक तालिम सुरु भएको हो ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी–३ का वडाध्यक्ष सञ्चिन भुजेलले तालिमले कृषकलाई तरकारीमा आत्मनिर्भर हुदै व्यवसायिक बनाउन सहयोग पु¥याउने बताए । उनले तालिमलाई जीवन रुपान्तरणको माध्यम बनाउनु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा सिटिईभिटीका कार्यक्रम संयोजक अमिर ढकाल, ठाुकर प्रसाद भुषालले प्राविधिक विषयमा जानकारी गराएका थिए । भुषालका अनुसार यो तालिम लेवल वान तहको हो । यो तालिम आठौँ तहसम्म संचालन हुने र सीपयुक्त दक्षजनशक्ति उत्पादन गदै रोजगारीको सिर्जना गर्नु तालिमको उद्धेश्य रहेको भुषालको भनाई छ ।
कार्यक्रममा वडा सदस्य केशरबहादुर थापाले स्वागत मन्तव्य र रवि भण्डारीले कार्यक्रमको संचालन गरेका थिए । तालिममा २० देखि ४० बर्ष उमेर समुहका २० जना सहभागी छन् । सीप विकास कार्यक्रम अन्तर्गत वडामा सिटीईभिटीकै आयोजनामा ३९० घण्टे लेवल वानको व्युटिसियन तालिम पनि संचालन भइरहेको छ ।