पोखरा । पोखरा महानगरपालिका–१३ काहुँखोलाका दुई जना जलेर घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घाइते हुनेमा ४३ वर्षका पुरुष र एक महिला छन् । प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
दुवैजनाको अवस्था गम्भीर रहेकाले उनीहरुले आत्मदाह प्रयास गरेको हो वा के भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भाडामा बस्ने व्यक्तिले जिउमा आगो लगाएपछि घरधनी महिलाले बचाउन गएकी थिइन् ।