दुलेगौंडा । लियाे क्लब अफ दुलेगौंडा खैरेनीटार मन्त्रले विद्यार्थीलाई साईबर अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम गरेको छ । शुक्रबार क्लबले शुक्लागण्डकी नगरपालिका-७ मा रहेको सरस्वती नमुना माध्यमिक विद्यालयका विद्यार्थीलाई साईबर अपराध सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको हाे ।
पछिल्लो समय युवा पुस्ता साईबर अपराध सम्बन्धि गतिविधिमा संलग्नता बढेको हुदा उक्त कार्यक्रम गरेको क्लबका अध्यक्ष प्रज्वल गुरूङले बताए ।
क्लबका अध्यक्ष गुरूङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक सन्जिव श्रेष्ठ लगायत क्लबका सदस्यहरूकाे सहभागीता रहेको थियाे ।