दुलेगौंडा । अखिल क्रान्तिकारी तनहुँले घिरिङ गाउपालिका–३ सुन्धारा स्थित चन्द्र ज्योति माध्यमिक विद्यालयमा प्रधानाध्यापकलाई कारबाहीको माग गरेका छन् । आईतबार विद्यार्थीलाई पिटेर घाईते बनाएको घटना बाहिरीएपछि सत्य तथ्य छानविन गरि आवशयक कारबाही गर्न अखिल क्रान्तिकारीले शिक्षा कार्यालय तनहुँलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
विद्यार्थीमैत्री वातावरणमा शिक्षण गर्नुको सट्टामा त्रासको बातावरणमा शिक्षण गर्नु उचित नरहेको अखिल क्रान्तिकारीका नेता मिलन महतले बताए । उनले घटनाको अनुसन्धान गरि प्रधानाध्यापक थापालाई आवश्यक कारबाही गर्नुपर्ने बताएका छन् ।
विद्यालयका प्रधानाध्यापक प्रेम थापाले १० कक्षामा पढ्ने लिला माया आलेलाई पिटेर घाईते गराएका थिए। आईतबार दिउसो गणित विषयको सिकाई परिक्षामा कम अंक प्राप्त गरेको भन्दै थापाले विद्यार्थीहरुलाई पिटेको थिए । विद्यार्थीलाई घाईते गराएका शिक्षकको विरुद्धमा सोमबार विद्यार्थीले विद्यालय घेराउ गरेर चर्को नारावाजी गरेका थिए ।