दुलेगौंडा । तनहुँमा शिक्षकले विद्यार्थीलाई पिटेर घाईते बनाएका छन् । घिरिङ गाउँपालिका–३ मा रहेको चन्द्र ज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम थापाले १० कक्षामा पढ्ने लिला माया आलेलाई पिटेर घाईते गराएका हुन् । आईतबार दिउसो गणित विषयको सिकाई परिक्षामा कम अंक प्राप्त गरेको भन्दै थापाले विद्यार्थीहरुलाई पिटेको घाईते आलेले बताईन् ।
आलेको पिठ्यूमा पिटाईको निलो डाम रहेको छ । उनका अनुसार कक्षामा रहेका ४२ जना विद्यार्थी मध्य ३५ जनालाई प्र अ थापाले पिटेका थिए । पिटाईबाट घाईते भएकी आलेलाई आज जिपि कोईराला राष्ट्रिय स्वाश्वप्रश्वास उपचार केन्द्र बेलचौतारामा ल्याईएको थियो । पुन परिक्षणका लागि एक हप्ता पछि अस्पताल बोलाईएको घाईतेका ठूलोबुबा देबबहादुर आलेले बताए ।
आफुटले विद्यार्थीलाई कुटेको स्विकार गरेका प्रअ थापाले अन्जानमा यस्तो घटना हुन गएको बताए । “मैले विद्यार्थीलाई पिटेको हो म स्विकार गर्छु । मलाई पनि थाहा छ विद्यार्थीलाई पिटेर पढाउन हुन्न, मैले चोट पु¥याउने नियतिले नभई विद्यार्थीले राम्रोसंग पढुन भनेर कुटेको हो । गल्ती भईहाल्यो । अरुबेला यस्तो गरेको पनि छैन् । भूलबस हुन पुग्यो । म विद्यार्थी र अभिभावक संग क्षमा याचना गर्दछु र मैले कुटेर घाईते भएको हो भने म उपचार खर्च पनि प्रदान गर्छु’ उनले भने ।
विद्यार्थीलाई घाईते गराएका शिक्षकको विरुद्धमा सोमबार विद्यार्थीले विद्यालय घेराउ गरेर चर्काे नारावाजी गरेका थिए ।