दुलेगौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयु) तनहुँको २२ औ जिल्ला अविधेशनले महेन्द्र श्रेष्ठकाे अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । समिति चयन भए पनि नियमसंगत र बैधानिक तवरले कमिटी गठन नभएको विद्यार्थी नेता सुसन पाैडेलले बताएका छन् ।
अधिवेशनमा उम्मेदवारी मनाेन्वयन नगरि खल्तीबाट पद बाडे जसरी कमिटी बनाईएकाे उनकाे भनाइ छ । `अबैधानिम रूपमा कमिटी निर्माण गरियाे । खल्तीबाट नाम निकालेर, खल्तीबाटै तयारी गरेर र खल्तीबाटै मनाेनित गरेर साथै नियम र पद्धति भन्दा बाहिर गएर कमिटी निर्माण गरियाे´उनले भने । `यदि पूर्व निर्धारीत कार्यक्रम हाे भने किन दिउँसो भरि किन कार्यक्रम गरियाे ? समय किन बर्बाद गर्न पर्याे ? , बिहानै याे-याे भनेर नाम उच्चारण गरे भईहाल्थ्याे ।´ आफुले उम्मेदवारी दिनु भन्दा पहिले नै अर्को पदमा नाम सिफारिस भएको बताए । `तपाई कुन पदकाे लागि उम्मेदवारी दिनु हुन्छ भन्ने केही नसाेधि एक्कासि कुन्नि के पदमा नाम चडाए । याे पदमा बस्नुहुन्छ भनेर पनि साेधिएन´ उनले भने ।
उनले सामाजिक सञ्चालनमा निर्वाचित कमिटीलाई `अनेरास्ववियु प्रा.लि तनहुँ´ लाई बधाई भन्दै व्याङ्ग्यात्मक शैलीमा असन्तुष्टि व्यक्त गरेका छन् ।