पाेखरा । गण्डकी प्रदेशको सभामुखमा सत्तागठवन्धका कृष्ण धिताल निर्वाचित हुनुभको छ । शनिबार बसेको प्रदेशसभा बैठकले नेकपा माओवादीका धिताललाई ३२ संसहरुका् मतसहित सभामुखमा निर्वाचित हुनु भएको हो । सभामा ५८ संसद उपस्थित थिए ।
धिताललाई स्वतन्त्र सांसद दीपक मनाङेले पनि मतदान गरेपछि ३२ संसदको मत सहित सभामुखमा निर्वाचित हनुभएको हो । बैठकको सुरूमै सांसद फणीन्द्र देवकोटाले धिताललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पेस गर्नु भएको थियो । अर्का सांसद रोशन गाह्रा मगरले सो प्रस्तावमा समर्थन जनाउनु भएको थियो ।
सभामुखमा कांग्रसबाट सरस्वती अर्याल तिवारीको उम्मेदारी दिनु भएको थियो तर, उहाँको उम्मेदवारमाथि मत विभाजन हुनै परेन । धिताललाई एमालेका २२, माओवादीका ८, राप्रपाका दुई र एक स्वतन्त्र सांसद मनाङेले मतदान गरेका हुन् ।