तनहुँ । तनहुँ जिल्लाको प्रसिद्ध धार्मिक स्थल देबघाटमा माघेसंक्रान्ति मेला लाग्ने भएको छ । चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल रहेको देवघाटमा प्रत्येक बर्ष झै यस बर्ष पनि मेला लाग्ने भएको हो ।
गत बर्ष कोरोना महामारीका कारण वृहत मेला आयोजना गर्न नसिकिएता पनि यसपटक भने विधिपूर्वक वृहत माघेसंक्रान्ति मेला गर्न लागिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले बताए । “यस अगाडिका तीन वर्ष कोभिडका कारण वृहत रुपमा मेला आयोजना गर्न सकेका थिएनौ । यस पटक अनुकुल माहोल पनि रहेको हुदाँ मेला आयोजना गर्न लागेका हौं’ उनले भने ।
मेलामा करिब पाँच लाख भन्दा बढी भक्तजन आउने अनुमान समितिले गरेको छ । मेला भर्न आउनेका लागि प्रवेशद्वार रामनगरमा र बाहिरिने आँपटारीबाट बनाइएको छ । मेलाको तयारी तीव्र पारिएको उनले बताए ।