दुलेगौंडा । विश्व हिन्दु महासंघ नेपाल शुक्लागण्डकी नगर समितिले आयाेजना गरेकाे माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा तालवेशी माध्यमिक विद्यालय प्रथम भएको छ । तालवेशीका दिव्या रावत, समीर काठाएत र सक्षम पाठक प्रथम भएका हुन् ।
प्रतियोगितामा नेपाल पुलिस स्कुलका आदित्य रानाभाट, वेविसा खाड र कृपा पाैडेल द्धतीय, सरस्वती माध्यमिक विद्यालयका साखिल मिया, सुजता गुरूङ र सुरज घले मगर तृतीय र अमरज्याेति माध्यमिक विद्यालयका आकांक्षा ढकाल, सन्ताेषि विक र अर्पण अधिकारी सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयलाई नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ ।
महासंघका अध्यक्ष नारायण घिमिरे सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरका उपप्रमुख खुमबहादुर विक (राजु), वडा नंम्बर ६ का वडाध्यक्ष वुद्धिबहादुर थापा लगायतको उपस्थिति रहेको थियाे । प्रतियाेगिता खैरेनी माध्यामिक विद्यालयमा भएकाे थियाे । महासंघले ३०१ औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता आयाेजना गरेको हाे । प्रतियोगिता ११ वटा विद्यालयका विद्यार्थीहरू समूह सहभागी रहेका थिए ।