दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा लामो समयदेखि फोहोरको उचित व्यवस्थापन हुन सकिरहेको छैन । पाँच बर्षअघि नगरले शुक्लागण्डकी–५ कसेरीडाँडामा फोहोर संकलन केन्द्र स्थापना गरेको भए पनि नगरपालिकामा फोहोरको उचित व्यवस्थापन हुन नसकेको हो । एकातिर फोहोर संकलन केन्द्र प्रयोगविहीन बनेको छ भने अर्काेतिर खुल्ला ठाउँ, खोल्सा तथा नदीका किनारमा फालिएको फोहोरले समृद्ध शुक्लागण्डकी नगरपालिकालाई गिज्याइरहेको छ ।
नगरले खुल्ला ठाउँमा फोहोर फाल्ने र त्यही फोहोरमा आगो लगाउने गर्दास्थानीयबासी पनि आजित छन् । फोहोरमा लगाइएको धुवाँबस्तिमा आउँदा स्वस्थ मान्छे पनि बिरामी हुने गरेको स्थानीय मनकुमारी विकले बताईन् ।
संकलन केन्द्रमा फोहोरको व्यवस्थापन गर्न नसकेर नगरले वस्ति नजिक फोहोर फाल्नु लज्जासपद रहेको बताए । ‘यो नगरेले के गरेको हो, संकलन केन्द्रमा फोहोर नफालेर वस्ति नजिक फालिरहेको छ । फाहोरमा आगो लगाउने गर्दा त्यसबाट निस्केको धुँवाले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको छ’उनले भन् ।
नगरकै स्थानीय सुरज कुमालले फोहोर आगो लगाउँदा निस्कने धुवाले बस्तीमा बस्न नसक्ने अवस्था सिर्जना हुने गरेको बताए । नगरले चाँडै फोहोरको उचित व्यवस्थापन गर्न ध्यान दिनुपर्ने उनको भनाई छ ।
नगरपालिकाले तालिका नै बनाएरफोहोर उठाउने गरेको छ । नगरले अब स्रोतबाटै फोहोरको वर्गिकरण गर्ने र सोही अनुसार उचित व्यवस्थापन गर्ने योजना निर्माण गरेको नगरका नगरप्रमुख कृष्णराज पण्डितले बताए । उनका अनुसार नगरपालिकाले अबको २/४ महिनाभित्रै फोहोरको दीर्घकालिन समस्या समाधान गर्ने तर्फ अग्रसर हुने छ ।