काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम गएको १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि उपधारा ९४० बमोजिम ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । संसद् बैठक बिहान १ बजे बस्दै छ । माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, जनता समाजवादी पार्टी नेपाल ९जसपा०, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी तथा तीन जना स्वतन्त्र सांसदको समर्थनमा उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।