म त किसानी
किन बेच्ने पसिना, किन विदेश जाने
दुखै गरि खाने बरू, देशमै गरि खाने
चर्चित लाेक तथा दाेहाेरी गायक शंकर पन्तकाे `किसानी´ गीत सार्वजनिक भएको छ । `म त हजुर गाम्ले´ गीतको अपार सफलतापछि पन्तले `किसानी´ गीत बजारमा ल्याएका हुन् । उक्त गीतको सिर्जनामा आँबुखैरेनी गाँउपालिकाले आर्थिक सहयोग सहयोग गरेको छ ।
कृषि पेशा गरेरै देशमा जीविकोपार्जन गर्न सकिन्छ भन्ने हेतुले गीतको रचना गरेकाे गायक शंकर पन्तले बताए । `यसअघि म त हजुर गाम्ले गीतमा किसानकाे पीडा मात्रै समेटेर गीत सिर्जना गरेको थिए । कृषि पेशा गरेर दुख मात्रै हाेईन, कृषि कर्म गरेरै सुख र सन्तुष्टि जीवन विताउन सकिन्छ भन्ने देखाउन याे गीत सिर्जना गरेकाे हुँ´ उनले भने ।
किसान बचाउने हाे भने किसानकाे उत्पादनलाई ब्रान्डिङ्ग गर्न आवश्यक रहेकाे आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । किसानकाे उत्पादनलाई बजारीकरण गर्न गाँउपालिका अग्रसर रहेकाे उनको भनाइ छ ।
गीत आँबुखैरेनी र शुक्लागण्डकी नगरपालिका भित्रका परिवेशमा छायांकन गरिएको छ । गीतमा शब्द र आवाज शंकर पन्तकाे रहेकाे छ भने सुनिता बुढा क्षेत्रीले पनि पन्तकाे आवाजमा साथ दिएकी छिन् । भिडियोकाे निर्देशन जेरि भण्डारीले गरेका छन् । अभिनयमा गायक पन्तसंगै अनु पराजुली, फडिन्द्र पाैडेल, नारायणकुमार श्रेष्ठ, पूर्ण भुजेल, नवराज तिवारी लगायतका कलाकार रहेका छन् ।
किसानी गीतको विमाेचन कार्यक्रम आँबुखैरेनी गाँउपालिक निवासी रामबहादुर विक, शुक्लागण्डकी नगरपालिका निवासी हरिबहादुर खड्का र देवनारायण श्रेष्ठलाई कृषि क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेको छ ।
लायन्स क्लबले आयाेजना गरेकाे `किसानी´ गीत विमाेचन कार्यक्रममा क्लबका अध्यक्ष सुमन सापकोटा, बरिस्ठ लाेकदाेहाेरी गायक पुरूसाेतम न्याैपाने, कुमार पुन, गायक छवि पुन, हास्य कलाकार पुरसाेतम भण्डारी, गायक अनिस दवाडी, कलाकार कमल सापकोटा, गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, शुक्लागण्डकी नगरपालिका उप-मेयर खुमबहादुर विक (राजु), शुक्लागण्डकी -६ का वडाध्यक्ष बुद्धिबहादुर थापा लगायतको उपस्थिति रहेको थियाे ।