दुलेगौंडा । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा ब्यवस्थापन समिति वडा नं ७ को सभापतिमा गंगाराम श्रेष्ठ चयन भएका छन् । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको बिधान अनुरुप यस नगरपालिका भित्र रहेका १२ वडामा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा ब्यवस्थापन समिति गठन गर्ने कार्य अन्तर्गत वडा नं ७ को समिती एक भेला बिच गठन भएको हाे।
उप सभापति सुरेन्द्र श्रेष्ठ ,सचिव हरि तिम्सिना ,कोषाध्यक्ष बुद्धि कुमार श्रेष्ठ सुवास साथै सदस्यहरूमा श्रीराम राना, कुमारी गुरुङ श्रेष्ठ ,सोम प्रसाद श्रेष्ठ ,डाल कुमार श्रेष्ठ ,मंन्जु तिम्सिना ,शेष कान्त पौडेल र शिव के सि सर्वसम्मत रुपमा चयन भएका छन। यसै गरि आमन्त्रित सदस्यहरूमा राम प्रसाद श्रेष्ठ ,लक्ष्मी तिवारी ,तिर्थलाल श्रेष्ठ” क”,तिर्थ लाल श्रेष्ठ “ख” ,डासु नाथ ढकाल चयन भएका छन।
वडा भेला ब्यवस्थापन उप समितिका संयोजक एवं नगर उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष समुन्द्र राम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिका-७ का वडाध्यक्ष खड्क सिङ थापा, वडा सदस्य राज बहादुर थापा, महासचिव उपेन्द्र तिम्सिना ,सचिव ऋषि बहादुर बस्नेत,सल्लाहकारहरु हरि बहादुर थापा, केदार तिम्सिना ,अर्जुन कुमार श्रेष्ठ ,पुर्ण बहादुर कायस्थ ,कार्यसमितिका सदस्यहरु अमृत घिमिरे ,बर्मकुमार श्रेष्ठ ,बिर्सना श्रेष्ठ ,जोशिला थापा,मित्रबन्दु पौडेल एवं शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ महिला उद्यमी बिकास समितिका संस्थापक अध्यक्ष तुलसी कुमारी श्रेष्ठ लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो।