दुलेगौँडा । तनहुँको शुक्लागण्डकी–९ मा सञ्चालित तेस्रो ल्होसार कप सेभेन ए साइड फुटबल प्रतियोगिताकाे उपाधि आयाेजक भ्यालि युथ क्लबले हात पारेकाे छ ।
शनिबार भएको फाईनल खेलमा भ्यालीले नर्सरी युथ क्लबलाई २-० गाेलकाे अन्तरमा पराजित गरेकाे हाे ।
प्रतियोगिताको प्रथम भएसंगै भ्यालीले नगद ५५ हजार ५५५ साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यसैगरि उप–विजेताले नर्सरीले नगद ३३ हजार ३३३ साथमा कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
भ्याली युथ क्लबले गुरुङहरुको महान पर्व ल्होसार (पन्ध्र पुस) को पावन अवसरमा प्रतियोगिताकाे आयाेजना गरेको थियाे ।