कास्की । पोखरेलीहरुले सडकबाटै अङ्ग्रेजी नयाँ २०२३ को स्वागत तथा २०२२ को बिदाइ गरेका छन् ।
अङ्ग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले आयोजना गरेको २४ औँ पोखरा सडक महोत्सवको रमाइलोसँगै अङ्ग्रेजी नयाँ वर्षको स्वागत गर्न शनिवार हजारौँ पोखरेलीहरु लेकसाइड पुगेका थिए । उनीहरुले मध्यरातमा सडकबाटै एक आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गरे ।