दुलेगौंडा । तनहुँकाे धार्मिक एवम् पर्यटकीय क्षेत्रकाे रूपमा विकास भएको मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामकाे कार्यसमिति अध्यक्षमा हाेमनाथ लम्साल चयन भएका छन् । शनिबार सम्पन्न पाचौं अधिवेशनले लम्सालकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेकाे हाे ।
अधिवेशनबाट उपाध्यक्षमा अस्मिता खनाल, सचिवमा दुर्गादत्त सापकाेटा, सहसचिवमा सुशीला भुजेल, काेषाध्यक्षमा शिव गर्ताैला चयन भएका छन् । सदस्यमा गाेपाल सापकाेटा, भक्त बहादुर तिलिजा, हिरादेवी पुन, मुना राई, राजु श्रेष्ठ र देवेन्द्र ढुङ्गाना चयन भएका छन् ।
अधिवेशनकाे उद्घाटन समारोहलाई सम्बाेधन गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले च्यवनधामलाई धार्मिक पर्यटनकाे केन्द्र बनाउन नगरपालिकाकने तर्फबाट सहयाेग पुर्याउने बताए ।