दुलेगौंडा । आगन्तुक संस्कृतिको प्रभावले रैथाने संस्कृति लोप हुदै जान थालेको छ । युवा पुस्तामा विदेशी कलाको सिको गर्ने प्रचलन बढ्दा विभिन्न जात जातिको कला र संस्कृति लोप हुने खतरामा रहेको हो ।
गुरुङ समुदायमा प्रचलित नृत्य हो घाटु । आगन्तुक संस्कृतिको प्रभावका कारण पछिल्लो समयय घाटु नाच हेर्न विरलै पाईन्छ । गुरुङ समुदायले सति घाटु, कुसुम घाटु र बाह्रमासे घाटु नाच्ने गर्दछन् । तनहुँको शुक्लागण्डकी नरपालिकामा दुलेगौंडा–गणपती तमु समाजले तमु ल्होसारको अवसरमा घाटु नाच नचाएको छ । युवा पुस्तालाई कला र संस्कृतिको संरक्षण गर्न अग्रसर बनाउन समाजले घाटु नचाएको घाटु आमा टुल्की गुरुङले बताईन् । पछिल्लो पुस्ताले घाटुलाई महत्व नदिएको उनको भनाई छ । ‘आजकालका युवालाई यसप्रति चासो नै छैन् । न नाच्न खोज्छन्, न गाउन खोज्छन्’ उनले भनिन् ।
युवा पुस्ताले घाटु प्रति चासो नदिएको हुदाँ विस्तारै घाटु लोप हुने खतरा बढेको समाजका सदस्य मिना कुमारी गुरुङले बताईन् । आफुहरु रहन्जेल सम्म मात्रै घाटु रहने जस्तो अवस्था सिर्जना भएको बताईन् । ‘सिक्नै नखोजे पछि कहाँ घाट संरक्षण हुन्छ । हामी नभएपछि यो पनि हराउछ’ उनले भनिन् ।
शात्र हारए परम्परा हराउछ, परम्परा हराए संकृति हराउछ, संस्कृति पनि हराए मानव सभ्यता नै हराउछ । त्यसैले प्रत्येक समुदायले आफ्नो कला र संस्कृतिको संरक्षण गर्न अग्रसर हुनुपर्ने देखिन्छ ।