दुलेगौंडा । जिल्ला प्रहरी कार्यालय तनहुँले विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कार्यक्रम सुरु गरेको छ । मंगलबार तनहुँ जिल्लाको नमुना विद्यालयको रुपमा स्थापित पञ्चमुनीदेव माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्राफिक नियम सिकाएको हो ।
माध्यामिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुले सवारी चालक अनुमति पत्र विना सवारी चलाउने, तीब्र गतिमा सवारी साधन चलाउने हुदाँ विद्यार्थीलाई सचेत गराउन ट्राफिक नियम सिकाएको अस्थायी ट्राफिक प्रहरी बेलचौताराका प्रमुख तेजबहादुर राउलले बताए । ‘प्राय जसो १०÷१२ कक्षामा पढ्ने विद्यार्थीहरुसंग सवारी चालक अनुमति पत्र हुदैन् । तै पनि सवारी साधन लिएर हिडिरहेको पाईन्छ । त्यही माथि सवारी साधन पनि तीब्र गतिमा चलाईरहेका हुन्छन् । यसले गर्दा धेरै नै दुर्घटना हुने सम्भावना हुन्छ । त्यसैले विद्यार्थीहरुलाई लक्षित गर्दै ट्राफिक नियमसंग सम्बन्धीत सचेतनामूलक कार्यक्रम गरेका हौं’ उनले भने ।