दुलेगौंडा । लालिम एक्ले सिया चर्चले क्रिस्चियन धर्मावलम्बीकाे महान पर्व क्रिस्मस डे हर्षउल्लासका साथ मनाएको छ । आईतवार चर्चले शुक्लागण्डकी- ८ लालिममा एक कार्यक्रमका विच शुभकामना आदन प्रदान साथै संस्कृति कार्यक्रमका गर्दै क्रिस्मस डे मनाएको हाे ।
कार्यक्रममा बाेल्दै शुक्लागण्डकी-८ का वडाध्यक्ष नारायण सिं थापाले समाजमा परिवर्तनमा सबै धर्मावलम्बीले मिलेर अगाडि बढ्नुपर्ने बताए । उनल क्रिस्चियन धर्मकाे संरक्षण र विकासका लागि वडाले पनि आवश्यक सहयोग गर्ने बताए ।
लालिम एक्ले सिया चर्चका पास्टर पत्रुस पुनकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा आदर्श विद्या मन्दिर मन्टेश्वरीका सञ्चालक सुरेन्द्र सेन, समाजसेवी मिलन महत, एकता टाेल विकास समित अध्यक्ष कुमारी तिमिल्सिना, ठुलढुङ्गा टाेल विकास संस्थाकी दिपा थापा लगायतले बाेलेका थिए भने कार्यक्रमकाे सञ्चालन चर्च मण्डलीका सदस्य टेकबहादुर जुग्जालीले गरेका थिए ।












