दुलेगौँडा । तनहुँको शुक्लागण्डकी–९ मा तेस्रो ल्होसार कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । भ्याली युथ क्लबले गुरुङहरुको महान्पर्व ल्होसार (पन्ध्र पुस) को पावन अवसरमा तेस्रो ल्होसार कप २०७९ आयोजना गर्न लागेको हो ।
स्थानीय खेलाडीहरुबीच आत्मिय सम्बन्ध कायम राख्दै दक्ष खेलाडी उत्पादन गनेए उद्धेश्यले हरेक बर्ष प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष सुवास शाही ठकुरीले बताए । आगामी पुस १० देखि १६ गतेसम्म संचालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ट्रफिसंगै नगद ५५ हजार ५५५ रुपैयाँ र उप–विजेताले नगद ३३ हजार ३३३, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने गोलरक्षक, गोलकर्ताका साथै सर्वोत्कृट र उदयमान युवा खेलाडीलाई हौसला स्वरुप नगद १ हजार ५०० रुपैयाँको दरले पुरस्कृत गरिने छ ।
टिम दर्ता गर्ने अन्तिम मिति पुस ९ गते सम्म रहेको आयोजकले जनाएको छ । खेल तालवेशी माध्यमिक विद्यालय पछाडि क्लबको मैदानमा संचालन हुनेछ ।