काठमाण्डौ । छिमेकी देश भारत र चीनमा फेरि कोरोनाको सङ्क्रमण फैलिन थालेसंगै नेपालमा सतर्कता र निगरानी बढाउन थालिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि थप सतर्कता अपनाउन अपिल गरेको छ । मन्त्रालयले प्रेस विज्ञप्ति नै निकालेर नेपालमा अहिले सङ्क्रमण कम भए पनि छिमेकी देश भारत तथा चीनमा नयाँ–नयाँ भेरियन्ट फैलिएकाले नेपाल पनि जोखिममा रहेको जनाएको छ ।