दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका सामाजिक विकास शाखाले ग्रामीण क्षेत्रमा रहेका महिलालाई घरेलु हिंसा विरुद्ध अभिमुखिकरण गराएको छ ।
मंगलबार शुक्लागण्डकी– ३, उदेनढुङ्गाका महिलालाई घरेलु हिंसा, हिंसाको प्रकार, कहाँ कसरी उजुरी गर्ने, कानुनमा भएको व्यवस्था लगायतका विविध विषयमा महिलालाई सचेत गराईएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक यामनारायण अर्याल, सामाजिक शाखा प्रमुख हिमा पोख्रेलले सहजिकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी–३ का वडाध्यक्ष सचिन भुजेलले सामाजिक शाखामार्फत् भएको गाउँ लक्षित कार्यक्रमले महिलाहरुमा सचेतना वृद्धि गरेको बताए । उनले समाज रुपान्तरण हुनेक्रममा भएपनि शहरी क्षेत्रमा भन्दा गाउँघरमा महिलाहरु बढि घरेलु हिंसामा पर्ने भएकाले यो कार्यक्रमलाई गाउँ लक्षित गर्न सके बढी फलदायी हुने बताएका थिए ।