दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा पञ्चमुनिदेव माध्यमिक विद्यालयको बसलाई माईक्रो बसले ठक्कर दिएको छ ।
आज विहान विद्यार्थी छोडेर विद्यालयतर्फ जादै गरेको अवस्थामा माईक्रोले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय बेलचौतारका प्रमुख यामनारायण अर्यालले जानकारी दिए । पोखराबाट दमौली तर्फ जादै गएको बा २ ख ४९५० नम्बरको माईक्रोले ग १ ख १५३ नम्बरको बसलाई ठक्कर दिएको अर्यालले जानकारी दिए । दुर्घटनाको मुख्य कारण माईक्रो बसको गति बढी भएको कारण बताईएको छ ।
दुर्घटना पछि माईक्रोमा सवार दुई जना यात्रु सामान्य घाईते भएको प्रहरीले जनाएको छ । उनिहरु जिपि कोईराला राष्ट्रिय स्वास प्रश्वास उपचार केन्द्रमा सामान्य उपचार पछि डिस्चार्ज भएका छन् ।
दुर्घटना पछि माईक्रो बस सञ्चालक र विद्यालय विच आपसि समझदारीमा समस्या समाधान गरिएको प्रहरीले जनाएको छ ।