दुलेगौंडा । तनहुँ मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित शुक्लागण्डकी एफ.एम ९७.६ मेगाहर्जले साताैं बार्षिक साधारण सभा एवम् पाँचौ अधिवेशन साथै पूर्ण स्मृति पुरस्कार एवं सम्मान कार्यक्रम सम्मान गरेको छ ।
पूर्ण स्मृति पुरस्कारबाट पत्रकारिता क्षेत्रमा संलग्न विश्वबन्धु भट्टराई, साहित्यका क्षेत्रमा कलम चलाएका शेषमणी आचार्यलाई नगद १० हजार साथमा सम्मान पत्रले सम्मान गरेकाे छ भने सामाजिक कार्यमा क्रियाशील रहेका भक्तबहादुर रिमाललाई नगद ५ हजार साथमा सम्मान पत्र सहित सम्मान गरेको छ ।
साधारण सभाले उत्कृष्ट श्राेतामा भिमाद नगरपालिकाकी खगीमाया थापालाई सम्मान गरेको छ । साथै उत्कृष्ट विज्ञापन दातामा दुलेगौंडा सपिङ सेन्टरका सञ्जिव श्रेष्ठ, स्याङ्जा तनहुँ सुनचाँदी पसलका नारायण सुनार र ओम एम आभूषण सुन चाँदि पसलका मीन बहादुर सुनारलाई सम्मान गरेको छ ।
कार्यक्रममा बाेल्दै गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले सञ्चार माध्यमले समस्या मात्रै उजागर गर्ने मात्रै नभई समाधान भएका कुरालाई पनि जाेड दिनुपर्ने बताए । राज्यको चाैथाे अंगकाे रूपमा रहेकाे पत्रकारितालाई स्वच्छ, मर्यादित र निष्पक्ष बनाउन पत्रकारलाई आग्रह गरे । उनले एफ. एम समाज हेर्ने ऐनाकाे रूपमा विकसित रहेको बताए । एफ.एमकाे विकास र संरक्षणकाे लागि प्रदेश सरकार पनि आवाज उठाउने बताए ।
रेडियोका अध्यक्ष ज्याेती श्रेष्ठकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी-५ का वडाध्यक्ष दीर्घबहादुर थापा, शुक्लागण्डकी-६ का वडाध्यक्ष बुद्धिबहादुर थापा, शुक्लागण्डकी-७ का वडाध्यक्ष खड्ग सिङ थापा, शुक्लागण्डकी-१० का वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्री लगायतको उपस्थिति रहेको थियाे ।