तनहुँ । तनहुँको दुई पालिका जोड्ने मितेरी पुल निर्माण सम्पन्न नहुदै भत्किएको छ । शुक्लागण्डकी नगरपालिका–७ र म्याग्दे गाउँपालिका–५ जोड्न म्याग्दे खोलामा बक्स कल्भर्ट डिजाईनको मितेरी पुल बनाउन सुरु गरिएको थियो । तर, निर्माण कार्य सम्पन्न नहुदै, पुलको भार थाम्ने पिल्लर, आफ्नै भार थाम्न नसकेर कोल्टीएको छ ।
२०७८ असोज ४ गते निर्माण सुरु गरि २०७९ मंसिर ५ गते निर्माण समपन्न गर्ने लक्ष्यका पुल निर्माण सुरु गरिएको थियो । काश्यप निर्माण सेवाले निर्माण सम्पन्न गर्ने जिम्मा लिए पनि विगत ५ महिनादेखि निर्माण पक्ष सम्पर्क विहीन रहेको छ । ५०÷५० प्रतिशत लगानी साझेदारीमा दुई पालिकाले पुल निर्माण गर्न एक करोड चालिस लाख त्रिचालिस हजार एक सय पैतालिस रुपौया लगानि गरेको छ । निर्माण सम्पन्न नहुर्दै पुलको संरचना बिग्रने र निर्माण पक्ष काम गर्न स्थलमा नआउदाँ पालिकाको लगानि धारापमा पर्ने खतरा छ ।
पुल निर्माण हुन्छ भनेपछि खुसी भएका स्थानीय विगत ५ महिनादेखि काम नहुदाँ दुखी बनेका छन् । नदीले पनि पानीको बहाब परिवर्तन गरेर बस्तीतर्फ कटान गर्न थालेपछि बस्ती नै जोखिममा हुने डर सिर्जना भएको स्थानीय मनु थापाले बताईन् ।
पक्की पुल नहुँदा विरामी हुदाँ पनि ह्विल चियरमा बोकेर झलुङ्गे पुल तरेर अस्पताल सम्म जानुपर्ने बाध्यता रहेको स्थानीय खिम माया आलेले बताईन् । विगत ५ महिनादेखि निर्माण पक्ष काम गर्न नआएको हुदाँ पुल बन्ने÷नबन्ने दोधारबा रहेको बताईन् ।
स्यानीय याम बहादुर थापाले पुलको निर्माण कार्य सुरुबाटै गर्नुपर्ने बताए । पुल धान्ने खम्बा नै कमजोर रहेको हुदाँ सुरुबाट काम गर्नुपर्ने बताए । पालिकाले निर्माण कार्यलाई ध्यान नदिए पालिकाको लगानी खेर जाने र पुल पनि कमजोर बन्ने बताए । दुई पलिकाको लानिमा पुल निर्माण सुरु गरे पनि ठेक्का सम्झैताको जिम्मा म्याग्दे गाउँपालिकाले लिएको थियो । बिचमा सोचे अनुरुप काम हुन नसक्दा गाउँपालिकाले पनि पटक पटक पत्रचार गरेको गाउँपालिकाका योजना तथा प्रविधि शाखा प्रमुख शिव ज्ञावलीले बताए । उनका अनुसार भार थाम्ने पिल्लर ड्यामेज भएको हुदाँ भार थाम्ने पिल्लर फेरी सुरुबाट काम गर्नुपर्ने छ ।